चितवन -जिल्ला निर्वाचन कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका विषयमा लामिछानेलाई ७ दिनभित्र जवाफ पठाउन पत्र दिएको आयोगले जनाएको छ ।