कास्की -पोखरा महानगरपालिकास्थित सेती नदि माथि निर्माण भएको पक्कीपुल सञ्चालनमा नआउँदै भाँचिएको छ । महानगरको वडा नम्बर ३० र ३३ को बिचमा पर्ने गगन गौंडा र लामगादी जोड्ने पुल भाँचिएर तल झरेको थियो ।
निर्माण सकिएर सञ्चालनकोे तयारी भैरहेका बेला फलामे पाता समेत भाँचिएर पुल तल झरेपछि भत्काएर फेरी बनाउन शुरु गरिएको हो । २३ वर्ष पुराने पुल तीन वर्षअघि सेती नदिमा बाढी आएपछि पुन नयाँ पुल बनेको थियो । नयाँ पुल भत्किएपछि पुन निर्माण गर्नुपरेको हो ।