उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवले भोलि पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ । बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथग्रहणको कार्यक्रम तय भएको राष्ट्रपति कार्यलयले जनाएको छ । गत तीन गते यादव उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।